काठमाण्डौ । साताको पहिलो दिन दोहोेरो अंकले करेक्सन भएको बजारमा सोमबार भने एकाएक अझ ठूलो पहिरो गएको छ। लगातार बढिरहेको र निकै राम्रो कारोबारका कारण लगातार बलियो देखिएको बजारमा एकाएक किन पहिरो गयो होला ? धेरै लगानीकर्ता बिलखबन्दमा छन् । 

बजार बढेपछि सामान्य करेक्सन हुनु स्वभाविक हो । तर सोमबार भने नेप्से परिसूचक १८.०४ अंकले घट्न पुग्यो । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि कम भयो । बजार परिसूचक दोहोरो अंकले घट्नु र कारोबार रकममा पनि गिरावट आउनु सुखद संकेत होइन । 

बजार विज्ञ तथा विश्लेषकहरुका अनुसार सेयर बजारलाई दशैं लाग्न थालेको देखिएको छ। यही भएर बजार बढेको मौका छोपेर सेयर बेची दशैंखर्चको जोहो गर्ने कतिपय लगानीकर्ताको हतारोले समेत बजारमा बिक्री चाप केही बढेको देखिन्छ । 

पछिल्लो समय बजारमा हजारौं सर्टटर्म कारोबारी छन् । उनीहरुको दैनिकी र घर खर्च सेयरबाटै चल्ने गर्छ । त्यस्ता कारोबारीहरुका लागि बढेर उचाईमा पुगेको यो समय सेयर बिक्री गरी दशैं खर्च जोहो गर्ने राम्रो समय पनि हो । 

तर, बजारलाई सर्टटर्म कारोबारीले मात्र घटाए भनियो भने त्यो गलत हुनेछ । तर, बजारलाई सर्टटर्म कारोबारीले मात्र घटाए भनियो भने त्यो गलत हुनेछ । पहिलो त्रैमासमा लगानीकर्ताले भुक्तानी गर्नुपर्ने ब्याजका कारण समेत बिक्री चाप बढेको देखिन्छ । 

सोमबार ‘क’ वर्गका कम्पनीमा उच्च बिक्री चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ४.२९ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.५१ अंकको गिरावट देखिएको छ । 

यो दिन उत्पादनमूलक समूह २६.८ अंकले बढ्यो भने बाँकी सबै समूहको सूचक घट्न पुग्यो । 

बैंकिङ समूह १९.८५ अंकले घटेको यो दिन होटल समूह १८.२६ अंक, विकास बैंक समूह २९.७३ अंक, जलविद्युत समूह ८.९१ अंक, बित्त समूह १.५९ अंक, निर्जीवन बिमा समूह ७१.७३ अंक, जीवन बिमा समूह ७८.५६ अंक, माइक्रोफाइनान्स समूह १८.७२ अंक र अन्य समूह ६.४ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६५ कम्पनीका १७ लाख ६० हजार ६ सय ७ कित्ता सेयर ५३ करोड ९३ लाख २८ हजार ३ सय ८५ रुपैयाँमा किनबेच भयो । 
यो दिन सबैभन्दा बढी नेपाल बैंक लिमीटेडले ७ करोड ८८ लाख बढीको कारोबार गर्यो। एनएमबी बैंकले २ करोड ८० लाख बढीको कारोबार गरेको बजारमा एनआइसी एशिया बैंकले २ करोड ४८ लाख, कुमारी बैंकले २ करोड ३८ लाख, सानिमा माई हाइड्रोले २ करोड ३७ लाख, प्रभू बैंकले पनि २ करोड ३७ लाख, मेगा बैंकले १ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ३४ लाख, सिद्धार्थ बैंकले १ करोड २४ लाख र सिभिल बैंकले १ करोड १२ लाख बढीको कारोबार गरे। 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नाडेप लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशको हाराहारीमा बढ्यो । 

भार्गव विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घट्न पुग्यो ।