काठमाण्डौ । पूँजीबजार सुधारका लागि उच्चस्तरीय अध्ययन कार्यदलको सुझाव कार्यान्वयन हुने क्रमले तीव्रता पाएसँगै बजारमा समेत उछाल आएको छ । 

साताको अन्तिम कारोबार दिन बिहीबारको बजार समेत उकालो लागिरहेको छ । 

कारोबार खुलेको ४५ मिनेटको अवधिमा २० करोड भन्दा बढीको सेयर कारोबार भइसकेको छ भने नेप्से परिसूचक १५.४७ अंकले बढिसकेको छ । 
यो समयसम्म सबै समूहको सूचकमा हरियाली छाएको छ । जीवन बिमा समूह झण्डै ३ प्रतिशतले बढिसकेको छ भने निर्जीवन बिमा समूह,

माइक्रोफाइनान्स र अन्य समूहको सूचक समेत २ प्रतिशत बढीले वृद्धि भइसकेको छ । बैंकिंग समूह करिब १ प्रतिशतले बढिसकेको छ भने विकास बैंक, जलविद्युत समूह एक प्रतिशत भन्दा बढीले वृद्धि भएका छन् । 

यो अवधिसम्म सबैभन्दा बढी नेपाल बैंकले २ करोड १५ लाख बढीको कारोबार गरिसकेको छ । 

नागरिक लगानीकोषको सेयर खरीदमा लगानीकर्ताको होडबाजी देखिएपछि मूल्य बढेर पोजिटिभ सर्किट लागेको छ ।