काठमाण्डौ । सेयर बजार आज चैत २७ गते (आइतबार) बन्द रहने भएको छ। 

राम नवमीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोले आज सेयर बजार पनि बन्द रहने भएको हो। मन्त्रिपरिषद्को गत चैत २४ गतेको निर्णयबमोजिम राम नवमीका अवसरमा सार्वजनिक बिदा दिइएको छ। 

आज सबै सरकार कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन्। 

अब सेयर बजार सोमबार खुल्नेछ। 

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३५.६९ अंकले बढेर २४६४.३५ को विन्दुमा पुगेको छ। गत साता लगातार ४ दिन घटेको सेयर बजार बिहीबार बढेर बन्द भएको थियो।