काठमाण्डौ । बजारको बढोत्तरी एक दिन पनि टिक्न सकेन, यहीकारण साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक(नेप्से) ११.९५ अंकले घट्यो भने कारोबार रकममा पनि गिरावट आयो ।
बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) एकसाथ सामान्तर घट्नुुलाई कतिपय विश्लेषकले अशुुभ संकेतको रुपमा लिन्छन् । बजार घट्ने ठूला कारण केही नभए पनि बढोत्तरी एक दिन पनि टिक्न नसक्दा यसले नकारात्मक प्रभाव पार्नसक्ने देखिएको छ ।
कम्पनीले लाभांशको धमाधम घोषणा गरिरहँदा, बैकिङ च्यानलमा लगानीयोग्य रकम पर्याप्त भई बैंकहरुले सहज ढंगले सेयर धितो राखेर कर्जा समेत प्रवाह गरिरहेको समयमा बजारलाई भने सुनियोजित ढंगले घटाउने खेल भइरहेको लगानीकर्ताहरुको आरोप छ । निश्चित समूहहरुले कतिपय राम्रा कम्पनीको लाभांश पोल्टामा पार्नका लागि सर्वसाधारण लगानीकर्तालाई अत्यासमा पारी सेयर बिक्रीको ह्वीम चलाउँदा समेत बजार बढ्नुपर्ने समयमा घटिरहेको विश्लेषकहरु दाबी गर्छन् ।
केही बजार विज्ञहरुले भने बजारमा पर्वको असर देखिन थालेको र बजारमा अधिक सेयरको आपूर्तिका कारण सिजनमा समेत बजार घटिरहेको दाबी गरेका छन् । उनीहरुले पूँजीवृद्धिको चटारोमा रहेका बैंक तथा बित्तीय संस्थाहरुले यसपटक दिनसक्ने लाभांश यसअघि नै सार्वजनिक गरेकाले समेत लाभांशको मौसममा समेत बजारमा चमक नफर्किएको दाबी पनि गर्न भ्याएका छन्।
के के भयो बजारमा ?
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से घटेर ११.९५ अंकले घटेर १५५४.५५ अंकमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २.२ र फ्लोट इण्डेक्स ०.९ अंकले घटेका छन् ।
यो दिन बजारका सबै समूहमा निराशा देखियो । बैकिङ, विकास बैंक र बिमा समूह क्रमशः ९.२४, ५.५ र ११४.८६ अंकले घटेका छन् । यस्तै, होटल समूह ११.१५, जलविद्युत समूह २३.७४, बित्त समूह ५.४७, उत्पादनमूलक २४.१३ र अन्य समूह ४.०५ अंकले घटेका छन् ।
धेरै कारोबार गर्नेहरु
बिहीबार बजारमा कुल १ सय ५७ कम्पनीका १२ लाख ८५ हजार ८ सय ५ कित्ता सेयर ७३ करोड ४९ लाख ५४ हजार ९ सय ३६ रुपैयाँमा किनबेच भयो ।
यो दिन सबैभन्दा बढी नबील बैंकले ४ करोड ८८ लाख बढीको कारोबार गर्यो । यस्तै, ४ करोड ७३ लाख बढीको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर किनबेच भएको बजारमा निर्धन उत्थान बैंकले ४ करोड २१ लाख, इन्भेष्टमेन्ट बैंकले ३ करोड १६ लाख, आरएसडिसी लघुवित्तले २ करोड ८१ लख बढीको कारोबार गरे । नबील बैंकको पनि २ करोड ३५ लाख बढीको संस्थापक सेयर कारोबार भएको बजारमा सिद्धार्थ बैंकले २ करोड १७ लाख, छिमेक लघुवित्त विकास बैंकले २ करोड १२ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थान वाणिज्य बैंक, ३ स्थान विकास बैंक र एक स्थान बिमा कम्पनीले कब्जा गरे ।
धेरै कमाउने र गुमाउनेहरु
यो दिन सबैभन्दा बढी सिन्धुु विकास बैंकले कमायो । यो कम्पनीको सेयर मूल्य ७.५३ प्रतिशतले वृद्धि भयो । आकर्षक लाभांश घोषणा गरेको मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा बढ्यो ।
एक्सल डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै गुुमायो । यो बैंकको सेयर मूल्य ५.४९ प्रतिशतले घट्यो । यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलमेन्ट कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, महिला सहयात्रा माइक्रोफाइनान्स र अपी पावर कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घट्न पुुग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago