काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारले लिने सेयर बजारसम्बन्धी नीति, संभावित अर्थमन्त्रीको पर्खाई, बजारमा लगानीयोग्य पूँजीको समस्या समाधानका लागि कतैबाट पनि नभएको पर्याप्त प्रयास र केन्द्रीय बैंकले ओभरड्राफ्ट कर्जामा गरेको कडाई लगायतका कारणले लगानीकर्ताहरु निरुत्साहित बन्दै गएका छन् । केही लगानीकर्ता आगामी सरकारले लिने बजार सम्बन्धी नीतिको पर्खाईमा छन् । यस्तै, बजारप्रति सकारात्मक अर्थमन्त्री आउँछ या आउँदैन भन्ने बिषयप्रति उनीहरुले व्यग्र प्रतिक्षा गरिरहेका देखिएको छ । यहीकारण केपी ओली प्रधानमन्त्री भएलगत्तै उछाल आएको बजारमा लगानीकर्ताहरुले ‘पर्ख र हेर’को पुरानो रणनीति अंगिकार गर्दै बजार सम्बन्धी नीति र अर्थमन्त्रीलाई कुरेर बसेका देखिएको छ । तर, ठूला कारणबिना नै बजार निराशाजनक ढंगले घटिरहेको छैन । 

सबै पक्षको मिलेमतोमा बजारलाई केही दिन अझै घटाई राम्रा कम्पनीको मूल्य कौडीको भाउमा किन्ने र सरकारको आर्थिक नीति आएपछि बजारमा उछाल आउने बुुझेका त्यस्तो गिरोहले करोडौं कमाउने योजना बनाएका छन् । 

अनलाइन कारोबार प्रणालीको काम तीव्र भइरहँदा र सरकारले पूर्णता नपाई अन्यौलको अवस्था भएको बेला बजारमा तीव्र चलखेल भइरहेको छ । यही बेलामा चलखेल गर्ने समूहहरुले कुस्त कमाइरहेका छन् भने सर्वसाधारण लगानीकर्ताहरुको आत्मबलमा प्रहार गर्दै निराश बनाई बजारलाई आफू अनुकुल चलाइरहेका छन् । 

यस्ता गिरोहहरुले बजारलाई सरकारको स्पष्ट कार्ययोजना नआउँदासम्म अझ तल झारेर राम्रा कम्पनीको सेयर सस्तोमै खरीद गरी करोडौं कमाउने दाउ हेरेर बसेका स्रोतहरुको दाबी छ । यो खेलमा नियामक निकायका केही कर्मचारीको समेत संलग्नता रहँदै आएको बताइन्छ । सबै पक्षको मिलेमतोमा बजारलाई केही दिन अझै घटाई राम्रा कम्पनीको मूल्य कौडीको भाउमा किन्ने र सरकारको आर्थिक नीति आएपछि बजारमा उछाल आउने बुुझेका त्यस्तो गिरोहले करोडौं कमाउने योजना बनाएका छन् । 

जनकारहरुले बजारमा स्वार्थ समूहले तीव्र रुपमा खेलिरहेको बेला सर्वसाधारण लगानीकर्ताहरुले अत्तालिन नहुने सुुझाव दिएका छन् । उनीहरुले आम लगानीकर्तालाई केही समय धैर्य गरेर बस्न र राम्रा कम्पनीहरुको मूल्य न्यून भएको बेला सेयरमा लगानी बढाउन समेत सुुझाव दिएका छन् । केही समयपछि बजारले उचाई लिने र त्यसबेला अहिलेको अकल्पनीय मूल्यमा राम्रा कम्पनीको सेयर किन्न नपाइने विश्लेषकहरुले सुुझाव दिएका छन् । 

केही बाह्य र केही आन्तरिक कारणले घटिरहेको(घटाइएको) बजारमा बुधबार पनि ९.६४ अंकको गिरावट देखियो । कारोबार रकममा पहिरै गएका कारण बजारलाई कुन स्तरमा कमजोर बनाइदैछ भन्ने कुरा देखिएको छ । यो दिन कारोबा रकम घटेर साढे २८ करोडको हाराहारीमा सीमित बन्न पुुगेको छ । 

नेप्से परिसूचक घटेर १३८७.०८ विन्दूमा सीमित भएको बेला बजारका सबै समूहको सूचकमा रातो पोतियो । यो दिन बैकिङ समूह ८.८६ अंकले घटेको छ भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूह क्रमशः ३६.९८, १२.५२ र ३.९ अंकले घटेका छन् । यस्तै, होटल समूह १९.८२, जलविद्युत समूह १८.४३, बित्त समूह ५.५८, उत्पादनमूलक ९.२८ र अन्य समूह ६.५२ अंकले घटेका छन् । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.१२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६७ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ४५ कम्पनीका ७ लाख १३ हजार ६ सय ४२ कित्ता सेयर २८ करोड ५५ लाख ३ हजार ८ सय २४ रुपैयाँमा किनबेच भयो । 

यो दिन ओम डेभलपमेन्ट बैंक लिमीटेडले सबैभन्दा धेरै कारोबार गर्यो । यो बैंकले ३ करोड ५४ लाख बढीको कारोबार गर्यो । यस्तै, राष्ट्रिय बिमा कम्पनी लिमीटेडको ३ करोड १० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्राइम लाइफ इन्स्योरेन्सले १ करोड ६५ लाख, बैंक अफ काठमाण्डूूले १ करोड १८ लाख, सेञ्चुरी कमर्सियल बैंकले १ करोड १३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९१ लाख, स्ट्याण्डर्ड चार्टर्डले ८९ लाख बढीको कारोबार गरे । ८७ लाख ७६ हजार बराबरको नवील बैंकको संस्थापक सेयर किनबेच भएको बजारमा सानिमा बैंकले ८५ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सले ७६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा सूूर्योदय लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्यमा ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ५.३८ प्रतिशतले घट्न पुुग्यो ।