काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार दिनभर नेप्सेमा उत्तारचढाव रह्यो ।

यो दिन करिब १० अंकले बजार घटेर १ हजार ८३७ मा बन्द बन्द भएको छ । कारोबार १ अर्ब ५४ करोड रुपैयाभन्दा बढी भएको छ । 
विभिन्न इन्डिकेटरमार्फत् डेली बेसमा हेर्दा मूल्य रेखाले मध्य ब्यान्ड छोड्दै गएको  देखिन्छ । डेली बेसमा नै म्याक्डीमार्फत् हेर्दा हिस्टोग्राम छोटा छोटा र फिक्का भएका छन् । 

एमएसीडी लाइन र सिग्नल लाइन बीच दुरी घटेको छ । आजसम्मको कारोबारमा वियरिस क्रसओभर भइनसेको अवस्था छ । तर बजार अझै घटेमा भने अगामी कारोबारमा वियरिस क्रसओभर पनि हुनसक्छ । आरएसआई ३९ को तहमा रहेको छ । आज बजार घट्दा कारोबार पनि बढेको छ  । यो त्यति राम्रो संकेत भने होइन ।

आवरली बेसमा बजारलाई  हेर्दा आज अन्तिम समयमा बजार घट्दा कारोबार पनि बढेको देखिन्छ । यसले बजारमा बिक्री दबाब परेको मान्न सकिन्छ ।पिभटमार्फत् नजिकको सपोर्ट हेर्दा क्रमशः  सपोर्टहरु १ हजार ८३१, १ हजार ८०३ र १ हजार ७५५ विन्दुमा देखिन्छ ।

यदि आगामी दिनमा बजार बढेमा १ हजार ८७८,१ हजार ९०६ र १ हजार ९५३ मा क्रमश : प्रतिरोध सामना गर्न सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारको सिफारिस भने होइन । )