काठमाण्डौ । अपेक्षा विपरीत बजारमा दिनहुँजसो भीषण पहिरो जान थालेपछि लगानीकर्ताहरुले हारगुहार गर्न थालेका छन्। यो क्रममा लगानीकर्ताहरुले आइतबारदेखि सरोकारवालाहरुलाई भेट्दै बजारमा गइरहेको पहिरो थामथुम गर्ने प्रयास थालेका छन् । 

नेपाल इन्भेष्टर्स फोरमले नेपाल बैंकर्स एशोसिएसनका अधिकारीहरुलाई एक ज्ञापनपत्र बुुझाउँदै बजार घट्ने कारणको रुपमा रहेका केही नीतिगत व्यवस्थामा तत्काल परिवर्तन गर्न र आफूहरुले लामो समयदेखि उठाउँदै आएको माग पूरा गर्न आग्रह गरेका हुन् ।

फोरमका तर्फबाट अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सेयर बजारलाई व्यवस्थित गर्ने तथा कार्यक्षेत्र विस्तार गर्ने सन्दर्भमा बैंकलाई ब्रोकरेज सेवाको अवसर दिनुपर्ने, शेयर कर्जालाई बैंक तथा बित्तिय संस्थाहरुले लगानीको एउटा क्षेत्रको रुपमा लिई सोही बमोजिम लगानी विस्तार गर्नुपर्ने, सेयर कर्जालाई अतिरिक्त तरलता ब्यबस्थापन गर्ने क्षेत्रको रुपमा नलिई लगानीको एउटा सुरक्षित तथा पुँजी निर्माणको आधार क्षेत्रको रुपमा लिनुपर्ने धारणा राखे । यस्तै उनले शेयर कर्जामा सबैभन्दा बढी १५० प्रतिशतको जोखिमभारितमा राख्ने व्यवस्थालाई तत्काल १०० मा ल्याउन संयुक्त रुपमा पहल गर्ने, ऋण लिई सकेपछि सुचिकृत कम्पनीहरुले प्रदान गर्ने बोनश तथा हकप्रद शेयर रोक्का नै रहेको अबस्थामा मूल्याङकनको आधार बुक क्लोज हुने दिन कायम रहेको मूल्यलाई मानी सोहीअनुसार मात्र मार्जिन कल गर्नुपर्ने माग गरे ।

उनीहरुले बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, मार्जिन कर्जा र मार्जिन कलबारे विशेष व्यवस्था हुनुपर्ने, मार्जिन कर्जाको ब्याज सबैभन्दा सस्तो हुनुपर्ने लगायतका ५ बुँदे माग पेश गरेका छन् । फोरमले पेश बुुझाएको ज्ञापनपत्र यस्तो छ: