काठमाण्डौ । बजारमा उत्साह भरिँदै गएको छ । ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता समेत सक्रिय बन्दा बजारमा एकाएक उत्साह देखिएको हो ।
बजार केही दिनअघिदेखि निरन्तर बढिरहेको छ । नेप्से परिसूचकसँगै कारोबार रकमले समेत बजारलाई निरन्तर साथ दिइरहेको छ। यही क्रममा बुधबार नेप्से परिसूचक २३.८९ अंकले बढ्यो भने कारोबार रकम पनि बढेर ७० करोड ८८ लाख माथि पुगेको छ ।
विश्लेषकहरु नेप्से परिसूचकसँगै कारोबार रकम पनि समानान्तर ढंगले बढ्दै गए बजारमा बुलिस गति सुरु हुने बताउँछन् । यो प्रवृति विगत ३ दिनदेखि निरन्तर छ । यसकारण समेत बजार अझै बढ्नसक्ने संभावना उनीहरुले व्यक्त गरेका छन् ।
बुधबार नेप्से बढेर १२३४.१३ को विन्दूमा पुग्दा ‘क’ वर्गका कम्पनीमा खरीद चाप देखिएको छ । यो दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स ५.३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स २ अंकले बढेको छ ।
यो दिन व्यापार समूह २.७९ अंक तथा उत्पादनमूलक समूहको परिसूचक ३६.७४ अंकले घटे । बाँकी सबै समूहको परिसूचक बढेको छ ।
यो दिन बैंकिङ समूह २२.७४ अंकले बढ्यो भने माइक्रोफाइनान्स समूह ४२.०९ अंकले उकालो लागेको छ । यो दिन होटल समूह १९.११ अंकले बढ्यो भने विकास बैंक समूहमा ३०.७९, जलविद्युत समूह ३९.७९ अंक, बित्त समूह ९.५२, निर्जीवन बिमा समूह १६२.६७ अंक तथा जीवन बिमा समूह ९५.१९ अंकले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका २३ लाख ७२ हजार ३ सय ६३ कित्ता सेयर ७० करोड ८८ लाख ५० हजार ५ सय ६८ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी कुमारी बैंक लिमीटेडले ४ करोड ९० लाख बढीको कारोबार गर्यो । एनएमबी बैंकले ४ करोड ५१ लाख, एनआइसी एशिया बैंकले ३ करोड ४६ लाख, नेपाल बैंकले २ करोड ६९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३४ लाख, सिद्धार्थ बैंकले २ करोड २१ लाख, जनता बैंक नेपालले २ करोड १५ लाख, एनसीसी बैंकले १ करोड ७४ लाख, प्राइम कमर्सियल बैंकले पनि १ करोड ७४ लाख र मेगा बैंकले १ करोड ६६ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
बजार बुलिस गतिमा कुदेको यो दिन १३ कम्पनीको सेयर मूल्यमा मात्र गिरावट आयो । बाँकी १५४ कम्पनीका लगानीकर्ताले कमाए ।
काबेली विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य विगत ३ दिनदेखि लगातार बढिरहेको छ । अघिल्ला २ दिन झै बुधबार पनि बैंकको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भयो ।
हिमालयन पावर पार्टनर लिमीटेडको सेयर मूल्यमा ९.७२ प्रतिशतको बढोत्तरी भयो ।
एनएमबी माइक्रोफाइनान्सको सेयर मूल्य ८.४७ प्रतिशतले वृद्धि भएको यो दिन कुमारी बैंकको मूल्यमा ८.३३ प्रतिशतले बढ्यो ।
यो दिन युनिलिभर नेपाल लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago