काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा आज मंगलबार उछाल आएको छ। 

बजार खुलेको साढे २ घन्टा नहुँदै ६ प्रतिशतले बढेपछि आजका लागि कारोबार स्थगित भएको छ। सेयर बजार खुलेको पहिलो घन्टामा ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ। यसैगरी दोस्रो घन्टामा ५ प्रतिशत बजार घटबढ गरेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ भने तेस्रो घन्टामा ६ प्रतिशतले घटबढ भएमा यो दिनको बाँकी कारोबार स्थगित गरिनेछ।

बजार आज १ः२६ मिनेटमा ६ प्रतिशतले बढेको हो। योसँगै बजार १३७.१८ अंकले उकालो लागेर २४१८.८५ को विन्दुमा उक्लिएर बन्द भएको छ। कारोबार रकम पनि पौने २ रुपैयाँको हाराहरीमा भएको छ। 

आज नबिल बैंकको सर्वाधिक ९ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

आज १८८ वटा कम्पनीको सेयरभाउ बढेको छ। आज ६० वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशत र १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।