काठमाण्डौ । बजार खुल्नेबित्तिकै आज सोमबार नेप्से परिसूचकमा ४ प्रतिशत बढेपछि पहिलो पोजेटिभ सर्किट ब्रेक लागेको छ। 

पहिलो सर्किट ब्रेक लागेपछि नेप्सेले कारोबार २० मिनेटका लागि स्थगित गरेको छ। 

प्रिओपनिङ सेसनमा नेप्से परिसूचकमा ३.५ प्रतिशतभन्दा बढेको थियो। त्यसपछि बजार खुलेलगत्तै १ मिनेटभित्रै ४ प्रतिशतले बढेर पहिलो पोजेटिभ सर्किट ब्रेक लागेको हो। 

हिजो आइतबार पनि १ घन्टाभित्रै तीनवटा पोजेटिभ सर्किट ब्रेक लागेर बाँकी कारोबार स्थगित गरिएको थियो।