काठमाण्डौ । आज बुधबार बजार खुलेको १ घन्टा १५ मिनेटमै ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत २०४ कम्पनीका ६८ लाख १३ हजार ८८३ कित्ता सेयर ३ अर्ब ३४ करोड ४६ लाख रुपैयाँ बढीमा कारोबार भएका छन्। 

अहिलेसम्म नेप्से परिसूचक पनि २६.४९ अंकले बढेर २८२०.३९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कमपनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७७ अंकले बढेर ५०१ को विन्दुमा उक्लिएको छ।

यो बेलासम्म १३१ कम्पनीको सेयरमूल्य उकालो लागेको छ भने ६१ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। १२ वटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ। 

अहिलेसम्म ३ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। रुरु जलविद्युत परियोजना, खानीखोला हाइड्रोपावर र कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।