काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ।

यो समाचार तयार पार्दा (१ः१५ बजे) सम्म सेयर कारोबार पनि झन्डै ६ अर्ब रुपैयाँको हाराहारीमा भएको छ भने नेप्से परिसूचक २९०० को विन्दु माथि पुगेको छ।

अहिले बजार ७३.४ अंकले बढेर २९३१.१४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.७४ अंकले बढेर ५४३.५७ को विन्दुमा पुगेको छ। कारोबार रकम ५ अर्ब ९७ करोड रुपैयाँ बढीको भइसकेको छ। 

अहिलेसम्म अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै २२ करोड १२ लाख रुपैयाँ बढीको सेयर कारोबार भइसकेको छ।

अहिलेसम्म २२५ कम्पनीका १ करोड ११ लाख ८५ हजार ९७३ कित्ता सेयर ५ अर्ब ९७ करोड ६ लाख ४७ हजार २२७ रुपैयाँमा किनबेच भएका छन्।

यो अवधिमा मध्य भोटेकोशी जलविद्युतको सेयरभाउमा १० प्रतिशत हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। सिन्धु विकास बैंकको सेयरमूल्य पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।