काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर र मर्चेन्ट बैंकरहरुलाई आज छलफलमा डोकेको छ। 

बजार निरन्तरता घटिरहेको बेला सेबोनले ब्रोकर र मर्चेन्ट बैंकरहरुलाई छलफलमा डाक्नुलाई निकै महत्वपूर्णका साथ हेरिएको छ। बजारको हालको परिस्थितिबारे नजिकबाट जानकार ब्रोकर र मर्चेन्ट बैंकरहरु छलफलमा बोलाउनेको मुख्य उद्देश्य बजारसँग सम्बन्धित नीतिगत निर्णय लिने सेबोनको रहेको हुन सक्ने जानकारहरु बताउँछन्। 

सेबोनमा अहिले ब्रोकर र मर्चेन्ट बैंकरहरुबीच छलफल भइरहेको छ। ‘छलफल अहिले जारी छ’, छलफलमा सहभागी एक ब्रोकर सञ्चालकले भने, ‘१५–२० मिनेटपछि सबै कुरा थाहा हुन्छ।’