काठमाण्डौ । सेयरबजारका लागि उदासीन देखिएको बजेटलाई बजारले रातो झण्डा देखाइदिएको छ । बजारमा सेयर बजारको विकासका लागि उत्साहप्रद योजना नसमेटिएका कारण उत्साह देखिएन । बरु उल्टै बजेटप्रतिको असहमतिको रुपमा बजारमा २१.१५ अंकको पहिरो गयो । नेप्से परिसूचक घटेर मंगलबार १५९४.४३ अंकमा झर्यो । धेरै दिनपछि नेप्से परिसूचक १६ सय भन्दा तल ओर्लिएको हो । सामान्य अंकले घटिरहेको बजारमा एक्कासी पहिरो गएपछि कतै बजार बियरिस ट्रेण्डमा जाने त होइन भन्ने शंकाले आम लगानीकर्तालाई तर्साएको छ । तर, नेप्से परिसूचकमा पहिरो गए पनि कारोबार रकम चाहि निकै माथि रहेकोले अत्तालिइहाल्नुपर्ने अवस्था छैन ।
मंगलबार नेपाली सेयरबजारलाई प्रभाव पार्ने ठूला दुुई समूहकै परिसूचक निराशाजनक ढंगले घटे । वाणिज्य बैंक समूह १९.३७(१.३४ प्रतिशत) अंकले घट्यो भने बिमा समूहमा १२०.५(१.४ प्रतिशत) अंकको पहिरो गयो ।
विकास बैंक, जलविद्युत, होटल र अन्य समूह क्रमशः १६.२२, १०.४४, ११.०७ र २६.९ अंकले घट्न पुुगे । बित्त समूहमा १.५८ अंकको झिनो वृद्धि देखियो भने उत्पादनमूलक ५.१७ अंकले बढ्यो ।
‘क’ वर्गका कम्पनीहरुको कारोबारमा अप्रत्यासित मन्दी आएपछि सेन्सेटिभ इण्डेक्स ४.६४ अंकले र समग्र कारोबारमा पनि गिरावट आएपछि फ्लोट इण्डेक्स १.५१ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनी
नेप्से परिसूचकमा पहिरो गए पनि मंगलबार ७६ करोड ३८ लाख बढीको कारोबार भयो । बजारमा कुल १ सय ४७ कम्पनीका १२ लाख ९७ हजार ८ सय २८ कित्ता सेयर किनबेच भए ।
यो दिन सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्सले ५ करोड ६८ लाख बढीको कारोबार गर्यो । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४ करोड ८४ लाख बढीको कारोबार गर्यो भने प्रभूू बैंकले ३ करोड ५१ लाख, स्वरोजगार लघुवित्त विकास बैंकले २ करोड ७८ लाख, सोल्टी होटलले २ करोड ४३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३५ लाख बढीको कारोबार गरे । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत कम्पनीले, एक स्थान होटल र एक स्थान विकास बैंकले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
मंगलबार सबैभन्दा बढी कर्णाली विकास बैंकका लगानीकर्ताले कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो ।
सिनर्जी पावर डेभलपमेन्ट लिमीटेड र मिथिला लघुवित्त विकास बैंकले सबैभन्दा धेरै गुमाए । यी दुवै कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago