काठमाण्डौ । अर्थतन्त्रको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै नेकपा (माओवादी केन्द्र)ले अर्थमन्त्री जनार्दन शर्मालाई सरकारबाट फिर्ता बोलाउने भएको छ।
स्रोतका अनुसार शर्मालाई संसदबाट बजेट पारित भएलगत्तै सरकारबाट फिर्ता बोलाउने पार्टीले तयारी गरेको छ। ‘बजेट अनुमोदन गर्नुपर्ने भएकोले मात्रै शर्मालाई अर्थमन्त्रीमा कायमै राखिएको हो’, स्रोतले भन्यो, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहालले शर्मालाई तयार रहन भनिसकेका छन्। पार्टीको निर्णय मान्न शर्मा पनि तयार छन्।’
अर्को माओवादी केन्द्रले अब पुनर्गठन हुने मन्त्रिमण्डलमा पार्टीका तर्फबाट मन्त्रीहरु फेरबदल गर्न तयारी पनि गरिरहेको स्रोत बताउँछन्। ‘अब पुनर्गठन हुने मन्त्रिमण्डलमा माओवादी केन्द्रका तर्फबाट सरकारमा नयाँ अनुहार देखिन सक्छन्।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19