काठमाण्डौ । सोमबार कारोबार समयको उतराद्र्धबाट उछालको गतिमा बढिरहेको पूूँजीबजारमा साताको अन्तिम कारोबार दिन बिहीबार ब्रेक लागेको छ । 

उछालको गतिमा सुुरु भएको बढोत्तरी यात्रामा ब्रेक लाग्दै बजार ७.८४ अंकले घटी १६००.४९ मा झरेको हो । 
बिहीबार नेप्से परिसूचकमा ब्रेक लागेसँगै कारोबार रकम पनि घटेको छ । 

अन्तिम कारोबार दिन राम्रा र ठूला कम्पनीको धेरै कारोबार भए पनि कमाउनेको सूचिमा भने माइक्रोफाइनान्स र विकास बैंक नै अगाडि छन् । 

नेप्सेका ५ समूहमा रातो पोतिएको छ भने बाँकी तीन समूहको सूूचक उकालो लागेका छन् । 

सबैभन्दा बढी जलविद्युत समूहमा ४२.६४ अंकको पहिरो गएको छ । यस्तै, होटल समूहमा ३७.६१, बिमा समूहमा ३६.८९, वाणिज्य बैंक समूूह १०.७१ र बित्त समूह ५.०३ अंकले घटेको छ । 

विकास बैंक समूह चाहि ९.२९ अंकले उक्लिएको छ । यस्तै, उत्पादनमूलकमा ३.४९ अंकको वृद्धि हुँदा अन्य समूह २.०३ अंकले उक्लिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी


साताको अन्तिम कारोबार दिन कुल १३८ कम्पनीका १६ हजार ५० लाख ७ सय २७ कित्ता सेयर १ अर्ब २० करोड ८७ लाख बढीमा किनबेच भयो । 

वाणिज्य बैंक समूहले ५७ करोड ६८ लाखको उच्च कारोबार गरे भने बिमा समूहले ३८ करोड ९७ लाख र विकास बैंक समूहले १४ करोड ९८ लाख बराबरको कारोबार गरे । 

कम्पनीगत हिसाबले बुक क्लोजको मिति तोकेको तथा १० प्रतिशत अतिरिक्त निश्कासनको सूचना प्रकाशित गरेको शिखर इन्स्योरेन्सको सेयरमा लगानीकर्ताको आकर्षण देखियो । यो कम्पनीले मात्र बिहीबार १० करोड ९५ लाख बराबरको कारोबार गर्यो । केही दिनदेखि लगातार कारोबार रकममा सबैलाई उछिन्दै आएको एभरेष्ट बैंकले ९ करोड ३२ लाखको कारोबार गर्यो । 

सिद्धार्थ बैंकले ६ करोड ४७ लाख, बैंक अफ काठमाण्डूू लुम्बिनी लिमीटेडले ४ करोड ४८ लाख, कुमारी बैंकले ३ करोड ७१ लाख, लाइफ इन्स्योरेसन कोअपरेसन नेपाल लिमीटेडले ३ करोड ५७ लाख, एनबी बैंकले ३ करोड ५४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ८४ लाख, मेगा बैंकले २ करोड ७७ लाख र नेशनल लाइफ इन्स्योरेन्सले २ करोड ५७ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुुमाउने कम्पनी


बिहीबार ७ कम्पनीले पैसा छापे । मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य बिहीबार पनि १० प्रतिशतले वृद्धि भयो । यसैगरी, विजय लघुवित्त वित्तीय संस्था, ओमी माइक्रो फाइनान्स, लक्ष्मी लघुवित्त वित्तीय संस्था, नेपाल ग्रामीण विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र गुुड्विल फाइनान्सका लगानीकर्ता पनि मालामाल भए । यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । अरुण फाइनान्सको सेयर मूल्य साढे ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

बिहीबार ५३ कम्पनीले कमाए भने ७५ कम्पनीले गुमाउनुपर्यो । सबैभन्दा धेरै यूनाइटेड फाइनान्सका लगानीकर्ताले गुमाउन पुुगे । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो । यसैगरी, एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्था, अरुण हाइडोपावर र नाग्दी गु्रप पावर लिमीटेडको सेयर मूल्य क्रमशः ६.४०, ६.२० र ६.१५ प्रतिशतले घट्यो ।