काठमाण्डौ । दैनिकजसो सेयर बजारबाट मालामाल बनिरहेका लगानीकर्ताहरुले आज मंगलबार एकैदिन साढे ७ अर्ब रुपैयाँको हाराहारीमा गुमाएका छन्।
आज सामान्य अंकको करेक्सन आएको बजारमा लगानीकर्ताहरुले ७ अर्ब ४९ करोड रुपैयाँ बढी गुमाएका छन्। अघिल्लो कारोबार दिन ३१ खर्ब ४२ अर्बको हाहारीमा बजार पुँजीकरण रहेकोमा आज एकैदिन साढे ७ अर्ब रुपैयाँबराबरले घटेर ३१ खर्ब ३४ अर्ब रुपैयाँमा सीमित बनेको छ।
हिजो बजार पुँजीकरणको आकार झन्डै २४ अर्ब रुपैयाँको हाराहारीमा बढेको थियो। हिजोको बजार पुँजीकरण हालसम्मकै उच्च पनि हो।
यो साता आइतबार र सोमबार गरी लगानीकर्ताहरुको सम्पत्ति ६३ अर्ब रुपैयाँको हाराहारीमा वृद्धि भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19