काठमाण्डौ । सरकारले बन्द रहेका तीन उद्योग सञ्चालनमा ल्याइने भएको छ। 

सरकारले आफ्नो नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द तथा रुग्ण उद्योग सञ्चालन, खारेजी र एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा एक उच्चस्तरीय अध्ययन समिति गठन गर्दै बन्द तीन उद्योग सञ्चालन गर्ने घोषणा गरेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिएका हुन्।

पुनः सञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सरकारले सञ्चालनमा ल्याउने राष्ट्रपति पौडेलले बताए। ‘निजी क्षेत्रको सहकार्यमा औद्योगिक ग्राम सरकारले सञ्चालन गर्नेछ’, उनले भने।