काठमाण्डौ । तपाइँले आफ्नो मेमोरीलाई ब्याकअप गर्न सक्नुहुन्छ। तपाइँको दिमाग एउटा चिपबाट नियन्त्रण गर्न सकिनेछ। कयौँ रोगहरु निको हुन सक्छन्। एउटा चिपले तपाइँको दिमागलाई अपरेट गर्न सक्छ।

यी सबै कुरा सुन्नमा अचम्म लाग्न सक्छ। तर यो वास्तविकतामा परिणत हुन सक्छ। यो कुनै साइन्स फिक्सन फिल्मको दृश्य होइन। यो त विश्वकै तेस्रा धनी व्यक्ति एलन मस्कले भविष्यमा वास्तविकतामा परिणत गर्न लागेको प्रयास हो।

एलन मस्क अमेरिकी धनाढ्य व्यावसायी हुन्। जसले विद्युतीय कारलाई वास्तविकतामा परिणत गरेका थिए। यसका साथै उनी अहिले मंगल ग्रहमा मावन बस्ती बसाउने अभियानमा लागेका छन्।

एलन मस्कको कम्पनी न्युरालिंक पछिल्ला कयौँ वर्षदेखि मानव दिमाग पढ्न सक्ने चिपमाथि काम गरिरहेको छ। अहिले कम्पनीले सुँगुरको दिमागमा यो चिपलाई राखेर काम गरेको छ।

न्युरालिंकले सिक्काको आकारको चिपको प्रदर्शन सुँगुरको दिमागमा राखेर गरेको छ। यो यस्तो चिप हो जुन पछि मानव मष्तिस्कमा पनि फिट गर्न सकिनेछ। स्कल सर्जरीका माध्यमबाट यसलाई मानव दिमागमा फिट गर्न सकिने कम्पनीले दाबी गरेको छ।

यो चिपको लन्च इभेन्टमा एलन मस्कले विश्वलाई तीनवटा यस्ता सुँगुर देखाएका थिए। जसमध्ये एउटाको दिमागमा चिप थियो, दोस्रोको दिमागमा चिप लागाएर निकालिएको थियो र तेस्रोको दिमागलाई त्यतिकै छोडिएको थियो। न्युरालिंकको टिमलाई आधार मान्ने हो भने सुँगुरमाथि गरिएको यो परीक्षण सफल भएको छ।

गरटुर्ड नामको सुँगुरको दिमागमा लगाइएको चिपका माध्यमबाट उसको दिमागमा चलिरहेको सोचविचार वायरलेस सिग्नलमार्फत कम्प्युटरमा देख्न सकिन्थ्यो।

कम्पनीका अनुसार उनीहरुको चिपमा ३ हजार इलेक्ट्रोइड्स लगाइएका छ। जसले मावन दिमागको १ हजार न्युरोनलाई पढ्न सक्छन्। न्युरोन अर्थात् दिमागका कोशिकाहरु। जसले शरीरको बाँकी कोशिकालाई मुभमेन्ट स्पिच र बाँकी क्रियाकलापका लागि संकेत दिने गर्दछन्। यो चिपले सिग्नल रेकर्ड गर्ने गर्दछ। त्योे ईसीसी ग्राफजस्तै देखिने गर्दछ।

एलन मस्कका अनुसार उनको यो पाथब्रकिङ चिपले मानव दिमागको सिग्नल पढ्न सक्नेछ। जसका कारण मेमोरीको ब्याकअप सम्भव हुन सक्नेछ। यसको अर्थ दिमागसँग जोडिएका रोगहरु जस्तै– स्पाइनल कर्ड र मुभमेन्टसँग जोडिएका रोगहरु यो चिपका माध्यमबाट निको हुन सक्छ। किनकि दिमागलाई यो चिपका माध्यमबाट नियन्त्रण गरिनेछ।

मस्कले यो चिपले नोक्सानी पनि गर्न सक्ने स्वीकारेका छन्। किनकि चिपका माध्यमबाट दिमाग नियन्त्रण गरेर जुनसुकै काम पनि गराउन सकिन्छ। – एजेन्सी