काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने भएको छ। 

कम्पनी सञ्चालक समितिको मंगलबार (असार १२ गते) बसेको बैठकले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। 

कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। यो भनेको कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत हकप्रद जारी गर्नेछ।

कम्पनीले हकप्रदको प्रस्ताव आगामी साधारणसभामा पेस गर्न पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमासमक्ष अनुरोध गर्ने निर्णय पनि गरेको छ। 

विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएमा यो कम्पनीले हकप्रद ल्याउन थप प्रक्रिया अगाडि बढाउनेछ।