काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयरको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। 

आज बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। 

आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको पूर्णस्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो।