 
                     
                                
                             
                                    काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ। जसअनुसार हकप्रद निष्कासनका लागि कम्पनीले आउँदो साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन १ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन्।
कम्पनीले हकप्रद सेयर निष्कासनको मिति भने तय गरिसकेको छैन।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत असार १५ गते बरुण हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ।
सेबोनको अनुमतिसँगै अब बरुण हाइड्रोपावरले १०० अंकित दरका कुल २६ लाख ७९ हजार ७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।
बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट एन्ड बैंकिङ लिमिटेड रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19