काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ। 

यो कम्पनीले गत भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ। 

कम्पनीले १ः१ अनुपातमा हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद जारी गरेको छ। 

यो हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका अस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ। सीडीएससीको मेरो सेयरमार्फत आवेदन भर्न सकिन्छ। 

बरुण हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत साउन २ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत साउन १ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउँछन्।