 
                     
                                
                             
                                    काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीको शुक्रबार(आज) बिहान प्रोस्टेटको सफल शल्यक्रिया भएको छ।
नर्भिक अस्पतालका यूरोसर्जन डा. भरत भण्डारी नेतृत्वको टिमको सहभागिता थियो । टिममा डा. सुनिल श्रेष्ठ, सञ्जिवभक्त श्रेष्ठको सहभागिता थियो । सो टिमलाई डा. सुरेश लामिछाने नेतृत्वको एनेस्थेसिया टिम, नर्सिङ स्टाफ लगायतको सहयोग रहेको थियो ।
सो टिमलाई डा. सुरेश लामिछाने नेतृत्वको एनेस्थेसिया टिम, नर्सिङ स्टाफलगायतको सहयोग रहेको थियो।
शल्यक्रियापछि ६४ वर्षीय चौधरी नर्भिक अस्पतालमै स्वास्थ्य लाभ गरिरहेका अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
दुई वर्षअघि पनि चौधरीको प्रोस्टेटको शल्यक्रिया गर्नुपरेको थियो। सो समस्या पुनः बल्झिएको हो।
प्रोस्टेटको ट्रान्सयुरेथ्रल रिसेक्सन (टीयूआरपी) एक सर्जिकल प्रक्रिया हो। जसमा प्रोस्टेटको एक भाग काटिन्छ। प्रोस्टेट ग्रन्थी पुरुषको पिसाब थैलीमुनि अवस्थित हुन्छ।
प्रोस्टेट ग्रन्थी बढेपछि पिसाबको बाटो अवरोध हुन्छ र उपचारका रुपमा प्रोस्टेटको शल्यक्रिया गर्ने गरिन्छ। एकपटक प्रोस्टेटको उपचार गरिसकेपछि कतिपयको नली खुम्चिने, कतिपयको पूरा नकाटिएको वा पुनः बढ्ने अवस्था पनि बन्छ। यहीकारण कतिपयको एकपटक प्रोस्टेटको शल्यक्रिया गरेपछि पुनः समस्या बल्झिन सक्छ।
चिकित्सकहरुका अनुसार ४५ वर्ष उमेर पूरा भएका पुरुषले प्रोस्टेट ग्रन्थीको समय–समयमा परीक्षण गरिरहनुपर्छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19