काठमाण्डौ । बाँके फोर्स गाडी दुर्घटनाका मृतक र घाइतेहरुको कोरोनाभाइरस संक्रमण परीक्षण गरिने भएको छ।

नेपालगञ्जबाट आइतबार मध्यराति सल्यान जाँदै गरेको फोर्स गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा १ महिलासहित १२ जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन्।

उनीहरु सबै भारतबाट फर्किएर आआफ्नो घर जाँदै थिए। भारतबाट फर्केकै कारण उनीहरुको कोरोना परीक्षण गर्न लागिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिए। मृतक र घाइते सबैको कोरोना परक्षिण हुने उनले बताए।