काठमाण्डौ । आइपीओ बाँडफाँड भएको करिब २ महिनापछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर दोश्रो बजारमा कारोबारका लागि सूचिकृत भएको छ । 

यो कम्पनीले सर्वसाधारणका लागि निश्कासन गरेको ३ लाख कित्ता साधारण सेयरको मंसिर १० गते बाँडफाँड गरेको थियो । 

यो हिसाबले बाँडफाँडको करिब २ महिनापछि मात्र सो ३ लाख कित्ता सेयर सूचिकृत भएको हो । अब आइपीओमा लगानी गर्नेले दोश्रो बजारमा यो कम्पनीको सेयर कारोबार गर्न सक्नेछन् ।

दोश्रो बजारमा सेयर सूचिकृत भए पनि कम्पनीको कारोबार नै खुलिसकेको भने छैन । कारोबारसँगै यो कम्पनीको सेयर मूल्यको सुरुवाती कारोबार रेञ्ज समेत तोकिनेछ ।