काठमाण्डौ । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। 

प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि सोमबार दिउँसो २ बजे प्रदेशसभाको बैठक डोकेको छ। बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। त्यसपछि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नीति तथा कार्यक्रमलाई सदनमा टेबुल गर्नेछन्।

गत शुक्रबारबाट सुरु भएको प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिसकेका छन्। त्यसमाथि गत शनिबार बसेको प्रदेशसभाको बैठकमा दलगत रुपमा सांसदहरूले छलफल गरेका थिए। 

प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारीलगायतका विषयलाई प्राथमिकतामा राखेको बताइएको छ।