काठमाण्डौ । प्रभु बैंकले बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग प्रदान गरेको छ ।

बुर्तिबाङ बजारमा आयोजित एक कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई वाढीपिडित उद्वार कोषमा रहने गरी ५ लाख रुपैयां सहयोग प्रदान गरेको बैंकले जानकारी दिएको छ । 

बागलुङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ मा करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जल विद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका थिए ।