काठमाण्डौ । बारा जिल्लामा मंगलबार दुईजना नेपाली सेनासहित थप पाँचजनामा कोरोना संक्रमित पुष्टि भएको छ। यीसँगै बारामा कुल संक्रमितको संख्या ४१ पुगेको छ।
पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीनजना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुईजना सैनिकमा मंगलबार कोरोना पुष्टि भएको हो।
स.क्रमण पुष्टि भएका पाँचैजनाको अवस्था सामान्य रहेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रशासन कार्याल बाराले जनाएको छ।
बारामा कुल संक्रमितमध्ये एकजनाको ज्यान गइसकेको छ भने दुईजना उपचारपछि निको भएर घर फर्किएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19