काठमाण्डौ । बालकोट आइतबार बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएको छ।
एमालेलगायतका दलले नयाँ सत्ता समीकरण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा अघि सारेको छ। बाँकी साँढे २ वर्षपछि एमालेले प्रधानमन्त्री पाउनेछ।
दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बैठकमा सहभागी एक नेताले बताए। ‘सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउनेछ’, ती नेताले भने। जनमत पार्टीका ६ जना सांसद छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजेसम्मका लागि छ । ‘प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेस गर्ने सहमति छ’, ती नेताले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago