काठमाण्डौ । सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याएको छ। 

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब वृद्धि भएको जानकारी गराएका हुनर। यसका लागि सरकारले ८ हजार दिनेछ भने बाँकी स्थानीय तहले व्यहोर्नुपर्नेछ। 

प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई तलब दिन सरकारले ५ अर्ब ५५ करोड विनियोजन गरेको छ।