indian rupees 500 and 1000
काठमाडौं । नेपालमा प्रचलनमा रहेका ५०० र १००० का भारतीय नोटहरु बैंकिङ प्रक्रियाबाट नभएर कामदार र अन्य स्रोतबाट आएको राष्ट्रबैंकले जनाएको छ ।
राष्ट्रबैंकले १०० दरका नोटमात्र ल्याउने गरेकाले अन्य नोटहरु कामदार र अन्य स्रोतबाट आएको राष्ट्रबैंकका बिनिमय व्यवस्थापन बिभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए ।
नेपाल-भारत खुल्ला सीमा व्यापार र कामदार मार्फत ५०० र १००० का नोटहरु नेपालमा ठूलो मात्रामा चलनचल्तीकमा रहेको बताइएको छ ।
दुई बर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि ५०० र १००० का भारतीय नोटहरुलाई बैधता दिइएको थियो । त्यसअघि नेपालले भारतीय मुद्राका ठूला नोटहरुमाथि प्रतिबन्ध लगाएको थियो ।
भारत सरकारले ५०० र १००० का नोट प्रतिबन्ध लगाएपछि भारतसँग सीमा जोडिएका नेपाल, भुटान लगायतका देशमा पनि यसको असर व्यापक मात्रामा परेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago