Down Market
काठमाण्डौ । दशैंको रौनकका कारण बाहिरी बजार गुल्जार भए पनि पूँजीबजारमा चाहि ठीक उल्टो अवस्था देखिन थालेको छ ।
किनमेलको चहलपहलले लत्ताकपडा तथा खाद्यान्नको बजारमा भीडभाड देखिएर गुल्जार बने पनि पूँजीबजारमा चाहि दैनिकजसो निराशा छाउन थालेको हो ।
आइतबार र मंगलबार ओरालो लागेको बजारमा बुधबार पनि सुधार हुन सकेको छैन ।
नेप्से परिसूचक ४.६२ अंकले ओरालो लागी १७४९.१० अंकमा आइपुगेको छ । अधिकांश समूहको सूचकमा रातो पोतियो ।
सबैभन्दा बढी बिमा समूहको सूचक ७८.३१ अंकको गिरावट भयो । वाणिज्य बैंक २.७१, विकास बैंक ६.३ र बित्त समूह ०.४७ अंकले घट्यो ।
यसैगरी, होटल समूह १४.७८, जलविद्युत १.५७ अंकले ओरालो लाग्यो ।
बुधबार उत्पादनमूलक ११.०२ अंकले उकालो लाग्यो भने अन्य समूहमा पनि ०.५८ अंकको वृद्धि देखियो ।
१ सय ३६ कम्पनीको कुल २२ लाख २४ हजार २ सय ९ कित्ता सेयर ७५ करोड ३४ लाखमा कारोबार भयो ।
बुधबार वाणिज्य बैंक समूहको सबैभन्दा बढी ३४ करोडको कारोबार भएको छ भने बिमा समूहले अघिल्लो दिनको कारोबारलाई सुधार्दै कुल २२ करोडको कारोबार गरेको छ । वाणिज्य बैंकको कारोबार भने अघिल्लो दिनको तुलनामा खस्किएको हो ।
सबैभन्दा कम कारोबार उत्पादनमूलकको ७ लाख बराबरको भयो ।
धेरै कारोबार गर्ने कम्पनी
बुधबार ३० प्रतिशत बोनस सेयरको घोषणा गरेको नेशनल लाइफ इन्स्योरेन्समा लगानीकर्ताको भीड देखियो । यो कम्पनीको मात्र १२ करोड बराबरको सेयर किनबेच भयो । एनबी बैंकले ८ करोड २६ लाख, सानिमा बैंकले ५ करोड, सिद्धार्थ बैंकले ३ करोड ६१ लाख, शिखर इन्स्योरेन्सले ३ करोड ३४ लाखको कारोबार गरे । एभरेष्ट बैंकले ३ करोड १६ लाख, सनराइज बैंकले २ करोड ५६ लाखको कारोबार गरे । शिखर इन्स्योरेन्सको २ करोड १५ लाखको सेयर समेत किनबेच भएको बजारमा चिलिमे हाइडोले १ करोड ७४ लाख र एनएमबी बैंकले १ करोड ५४ लाखको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने
बुधबार बजार परिसूचक घटे पनि बैंक अफ काठमाण्डु लुम्बिनी लिमीटेड र ज्योति विकास बैंकका लगानीकर्ता मालामाल भएका छन् । यी दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । मनास्लु विकास बैंकका लगानीकर्ताले ८ प्रतिशतले सम्पत्ति बढाएका छन् भने नाग्दी ग्रुप पावर लिमीटेडको सेयर मूल्य ७.३२ प्रतिशतले वृद्धि भएको छ ।
सबैभन्दा बढी जेबिल्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ७.५४ प्रतिशतले घट्यो । यसैगरी, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य पनि ७.१६ प्रतिशतले ओरालो लाग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago