काठमाण्डौ । बिक्रीमा राखिएको कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज वैशाख ११ गते अन्तिम दिन रहेको छ।
कुमारी बैंकले गत वैशाख ५ गतेबाट संस्थापक सेयर बिक्रीमा राखेको थियो। यो सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन पेस गर्न सकिनेछ।
यो सेयरमा भने विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र काठमाण्डौको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमा पेस गर्नुपर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago