काठमाण्डौ । बिक्रीमा राखिएको प्राइम कमर्सियल बैंकको १९ लाख १५ हजार कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

बैंकले गत वैशाख ४ गतेबाट संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनी, योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

सेयर खरिदका लागि न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन। 

इच्छुक लगानीकर्ताले काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलमा बोलपत्र पेस गर्न सक्नेछन्।