काठमाण्डौ । एनआईसी एशिया बैंक व्यवसाय विस्तारमा निकै आक्रामक ढंगले अगाडि बढिरहेको छ। बैंकले लाखौँ ग्राहकमा विश्वसनीय र उत्तरदायी बैंकिङ अभ्यास गर्दै आएको छ। 

आमजनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी बैंकले विभिन्न योजनाहरु ल्याएको छ। त्यस्ता योजनाहरु ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वाधिक फाइदाहरुले भरिपूर्ण हुने सुनिश्चित गर्नु नै बैंकको रणनीति रहेको छ। 

त्यसो त बैंक आक्रामक व्यवसाय विस्तारसँगै लगानीकर्तालाई उच्च प्रतिफल पनि दिँदै आएको छ। आज हामीले एनआईसी एशिया बैंकलाई मुख्य ५ सूचक रिर्टन अन इक्विटी (आरओई), निक्षेप संकलन, ब्याज आम्दानी, कुल आम्दानी, प्रतिसेयर आम्दानी (ईपीएस) र खुद ब्याज आम्दानीका हिसाबले अध्ययन तथा विश्लेषण गरेका छौँ।

कुनै पनि कम्पनीको वित्तीय अवस्था तथा उसको भविष्यको आम्दानीको प्रक्षेपण गर्ने एकमात्रै वैज्ञानिक सूचक भनेको कम्पनीको आरओई हो। आरओई भनेको कम्पनीले आम्दानी गरेको खुद अम्दानीलाई कुल सेयर होल्डर (कुल इक्विटी) ले भाग गर्दा आउने परिणामलाई इक्विटी प्रतिफल भनिन्छ। यस्तो परिणाम कम्पनीहरुको हरेक वर्ष बढ्दै गएको राम्रो मानिन्छ। 

नेपालका २७ वटा वाणिज्य बैंकमध्ये एनआईसी एशिया आरओआई सूचकमा अग्र स्थानमा छ। आरओईबाहेक निक्षेप संकलन, ब्याज आम्दानी, कुल आम्दानी, प्रतिसेयर आम्दानी (ईपीएस) र खुद ब्याज आम्दानीमा पनि यो बैंक पहिलो स्थानमा रहेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यो बैंक आरओई २१.८३ प्रतिशत रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ०.१० प्रतिशले बढी हो। 

आरओई सूचकका हिसाबले दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकको आरओई १५.८५ प्रतिशत रहेको छ। 

यसैगरी १५.१७ प्रतिशत आरओआईका साथ माछापुच्छ्रे बैंक तेस्रो, १५.०८ प्रतिशत आरओआईका साथ सिद्धार्थ बैंक चौथो र १४.२८ प्रतिशत आरओआईका साथ प्रभु बैंक पाँचौँ स्थानमा छ। 

दोस्रो त्रैमाससम्म ईपीएस ४१.४३  रुपैयाँसहित वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया नै अग्र स्थानमा छ। गत वर्ष यही अवधिमा बैंकको ईपीएस ३५.७३ रुपैयाँ रहेको थियो। यो भनेको ५.७ प्रतिशतको वृद्धि हो। 

ईपीएसका हिसाबले राष्ट्रिय वाणिज्य बैंक दोस्रो, सिद्धार्थ बैंक तेस्रो, नबिल बैंक चौथो र स्ट्यान्डर्ड चार्टर्ड बैंक पाँचौँ स्थानमा छन्। यी बैंकहरुको ईपीएस क्रमशः ३२.१५ रुपैयाँ, २५.१२ रुपैयाँ, २३.५९ रुपैयाँ र २३.०५ रुपैयाँ रहेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १५ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो पनि वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो। 

यो अवधिसम्म ग्लोबल आइएमई बैंकले १२ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो हिसाबले खुद ब्याज आम्दानीमा यो बैंक दोस्रो स्थानमा छ। 

खुद ब्याज आम्दानीतर्फ १० अर्ब १२ करोड रुपैयाँका साथ नबिल तेस्रो स्थानमा, राष्ट्रिय वाणिज्य बैंक ९ अर्ब ११ करोड रुपैयाँका साथ चौथो स्थानमा र सिद्धार्थ बैंक ८ अर्ब ९७ करोड रुपैयाँका साथै पाँचौँ स्थानमा छन्। 

दोस्रो त्रैमाससम्म निक्षेप संकलनमा पनि एनआईसी एशिया बैंक अग्रस्थानमै रहेको छ। यो बैंकले २ खर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। 

दोस्रो स्थानमा २ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेपका साथ ग्लोबल आइएमई बैंक रहेको छ। निक्षेपतर्फ २ खर्ब ४२ अर्ब रुपैयाँका साथ राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा, २ खर्ब ३२ अर्ब रुपैयाँका साथ नबिल बैंक चौथो स्थानमा र १ खर्ब ८८ अर्ब रुपैयाँका साथ सिद्धार्थ बैंक पाँचौँ स्थानमा छन्। 

त्यसैगरी खुद ब्याज आम्दानीमा १५ अर्ब ३० करोड रुपैयाँसहित एनआईसी एशिया पहिलो स्थानमा छ। यो सूचकको दोस्रो स्थानमा १२ अर्ब ८६ करोड रुपैयाँसहित ग्लोबल आइएमई बैंक दोस्रो, १० अर्ब १२ करोड रुपैयाँसहित नबिल बैंक तेस्रो स्थानमा, ९ अर्ब १४ करोड रुपैयाँस्हित राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा र ८ अर्ब ९७ करोड रुपैयाँसहित सिद्धार्थ बैंक पाँचौँ स्थानमा छन्। 

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. २ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको छ।