काठमाण्डौ । यसै वर्षदेखि काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ ।
चाडपर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा बढीको सामान खरीदमा उपहार बितरणको लक्ष्यसहित मलले असोज ५ गते बुधबारदेखि विशेष पर्व अफर लागू भएको जानकारी दिएको हो ।
चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि चाडपर्वको उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए ।
‘गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पूर्ण आवश्यकीय सामाग्री तथा मनोरञ्जनका स्टलसहित हामीले बिजि मल संचालनमा ल्याएका छौं ।’ निर्देशक गिरीले भने–‘अन्तर्राष्ट्रियस्तरका विद्युतीय सामाग्रीदेखि लत्ताकपडा लगायतका गुणस्तरीय सामग्री हाम्रा ग्राहक महानुभावहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं । यसमा हाम्रा ग्राहलाई अभ्यस्त बनाउनका लागि पनि हामीले उपहार कार्यक्रम सुरु गरेका हौं ।’
उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्ने उपहार कार्यक्रमका संयोजक हिरामणि तिमल्सिनाले बताए ।सामान खरिद गरेपछि ग्राहकले पाउनेउपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने तिमिल्सिनाले बताए ।
यो अफर अन्तरगत ग्राहकले दैनिक स्मार्ट फोन, १ हजार रुपैंयाको नगद छुट, खाजा तथा अन्य उपहारहरु प्राप्त गर्नसक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ ईञ्चको सिजि टेलिभिजन, सिजि वासिङ मेशिन, सिजि ग्यास तथा इलेक्ट्रिक हिटर, सिजि इलेक्ट्रिक ओभन र सिजि साउण्ड बार पनि उपहारको रुपमा पाउन सक्छन ।
बम्पर उपहारका रुपमा ग्राहकमध्येबाट एक/एक जनाले टिभिएस अपाची आरटिआर मोटरसाइकल, टिभिएस जुपिटर स्कुटर तथा एक जोडीले ४ रात ५ दिनको बैंकक ट्रिपको अवसर पाउने बताइएको छ । यो उपहार योजना कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।
मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago