काठमाण्डौ । सेयर बजार आज बन्द रहेको छ। 

दसैँको पहिलो दिन आज घटस्थापना हो। यो दिन सार्वजनिक बिदा दिइन्छ। त्यसैले आज सार्वजनिक बिदा परेकोले सेयर बजार पनि बन्द रहेको छ। 

बजार बन्द हुँदा पनि लगानीकर्ताहरुले सेयर खरिद–बिक्री गर्न प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) भने चलिरहेको छ। बिदाका दिन पनि टीएमएस चलेको चाल पाएपछि लगानीकर्ताहरु आश्चर्यचकित परेका छन्। 

टीएमएस कारोबार अवधिभरमात्रै चल्ने गर्छ। बजार खुलेको दिन प्रि–सेसनमा बिहान १०ः३० बजेदेखि बिहान १०ः४५ बजेसम्म १५ मिनेट टीएमएसमार्फत कारोबार गर्न मिल्छ। त्यसपछि नियमित सत्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टीएमएसमार्फत कारोबार गर्न मिल्छ। अन्य समयमा भने टीएमएसमार्फत कारोबार गर्न नमिल्ने बनाइएको छ।