काठमाण्डौ। सरकारले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ।
उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको अनौपचारिक बैठकले त्यहाँको भिसा भएका नेपालीलाई जान अनुमति दिने निर्णय गरेको हो।
समितिले जापान र हङकङको भिसा भएका र यहाँ बिदामा आएकालाई जान अनुमति दिने निर्णय गरिएको जनाएको छ।
जापान र हङकङमा स्थायी बसोबास भएका अनि घुम्नका लागि नेपाल आएका पनि जान दिइने समितिले जनाएको छ।
यसका लागि भने उनीहरु आफैँले खर्च व्यहोर्नुपर्ने समितिले निर्णय गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19