काठमाण्डौ । केही दिनसम्म बिमाको दबदबा कायम रहेको बजारमा कमजोर जस्तो देखिएको बैकिङ समूहको ‘बाउन्स ब्याक’ हुन थालेको छ । सोमबार बिमाको चमकधमकमा ग्रहण लागिरहँदा बैंक तथा बित्तीय संस्थामा छाएको हरियालीले बजारलाई ९.४१ अंकले माथि उचालेको छ । यो दिन बैंक तथा बित्तीय संस्थासँगै बजारलाई उचाल्ने भूमिका होटल समूहले समेत गर्यो । यो समूहको सूचकमा उछाल नै आयो । बिमा समूहमा रातो पोतिए पनि बाँकी सबै समूहको सूचकमा हरियाली छायो ।
बैकिङ समूहको बाउन्स ब्याकसँगै कारोबार रकम पनि १ अर्ब माथि पुुग्यो । यसरी सूचक र कारोबार रकममा एकसाथ सुधार आउनुले आगामी दिनका लागि शुुभ संकेत हुने विज्ञहरु बताउँछन् ।
सोमबार बैकिङ समूह ६.७८ अंकले बढ्यो । यस्तै, विकास बैंक र बित्त समूहमा क्रमशः ५.०४ र १०.९ अंकको बढोत्तरी भयो । होटल समूहमा १६१.२८ अंकको उछाल देखियो भने जलविद्युत समूह ३१.१२, उत्पादनमूलक ४६.०४ र अन्य समूह ५.२ अंकले बढे । बिमा समूहमा भने ५.२१ अंकको गिरावट देखियो ।
‘क’ वर्गका कम्पनीको कारोबारमा सुधार आउँदा सेन्सेटिभ इण्डेक्स १.५ अंक र समग्र कारोबार सुध्रदा फ्लोट इण्डेक्समा ०.६५ अंकको बढोत्तरी भयो ।
धेरै कारोबार गर्ने कम्पनी
सोमबार बजारमा १ सय ५५ कम्पनीका १६ लाख ५६ हजार ७ सय २६ कित्ता सेयर १ अर्ब ४ करोड ८१ लाख ४ हजार ३४ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी सानिमा बैंकले ४ करोड ५३ लाख बढीको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ३४ लाख, प्रभूू इन्स्योरेन्सले ३ करोड ९३ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ३ करोड ६४ लाख, तारागाउँ रिजेन्सी होटलले ३ करोड ५६ लाख, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले ३ करोड ५२ लाख बढीको कारोबार गरे । यस्तै, राष्टिय बिमा कम्पनीको ३ करोड ४१ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेशनल लाइफ इन्स्योरेन्सले २ करोड ९४ लाख बढीको कारोबार गर्यो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ८३ लाख र बैंक अफ काठमाण्डूले २ करोड ६३ लाख बढीको कारोबार गरे । यसरी यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बिमा कम्पनी, ३ स्थान वाणिज्य बैंक, एकस्थान होटल तथा बाँकी एक स्थान विकास बैंक समूहले कब्जा गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पाँच कम्पनीले कुस्त कमाए । अन्य दुुई कम्पनीको प्रदर्शन समेत राम्रो रह्यो । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल, हिमालयन डिस्टीलरी, श्री इन्भेष्टमेन्ट फाइनान्स, ओरिएन्टल होटल लिमीटेडको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र कुुबेर मर्चेन्ट फाइनान्स लिमीटेडको सेयर मूल्य ८.२१ प्रतिशतले बढेको छ ।
यो दिन कालिका विकास बैंकले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको सेयर मूल्य ६.२५ प्रतिशतले घट्यो । जेबिल्स फाइनान्सको मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago