काठमाण्डौ । एनएलजी इन्स्योरेन्सको खुद बिमा शुल्क घटेको छ ।

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५५ करोड ६० लाख रहेको बिमाशुल्कतर्फको आर्जन घटेर चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५३ करोड ६० लाखमा सीमित बन्न पुगेको हो । 

अघिल्लो वर्ष १५ करोड १० लाखमा सीमित खूद नाफा बढेर यो वर्ष १५ करोड ३४ लाखको उचाईमा पुगेको छ । 

कम्पनीले पुनर्र्बिमा कमिसन र लगानी कर्जा तथा अन्यबाट हुने आय भने बढाएको छ । पुनर्बिमा कमिसनबाट हुने आय १३ करोड ७५ लाखबाट बढेर १८ करोड ८० लाख पुगेको छ भने लगानी कर्जा तथा अन्यबाट हुने आय ४ करोड ६३ लाखबाट बढेर ५ करोड ३० लाखको उचाईमा पुगेको छ। 

यो अवधिमा कम्पनीले ३२ करोड ९७ लाख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ३२ करोड २५ लाख दाबी भुक्तानी गरेको थियो । 

समीक्षा अवधिसम्म कम्पनीले १ लाख २४ हजार ८५६ वटा बिमालेख जारी गरेको छ भने २१ हजार १५१ बिमालेख नवीकरण गरेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ६५ करोड ६८ लाखमा सीमित बिमा कोषको आकार बढी ७८ करोड ४१ लाखको उचाईमा पुगेको छ भने ८ करोड ५७ लाखमा सीमित जगेडाकोषको आकार बढाई १९ करोड ८७ लाखको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३१.९४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६२.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.८९ गुणा कायम भएको छ ।