काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा ५ करोड ४८ लाख खूद नाफा आर्जन गरेको छ । 

नयाँ जीवन बिमा कम्पनी युनियनले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ८० लाख खूद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको २३ करोड २८ लाख बिमा शुल्क आर्जन गरेको छ । लगानी, कर्जा तथा अन्यबाट ७७ लाख २२ हजार आम्दानी गरेको छ भने बिमालेख धितोमा कर्जाबाट ३ लाख ३३ हजार आम्दानी गरेको छ । अघिल्लो त्रैमासको तुलनामा कम्पनीको बिमाशुल्क आर्जनतर्फको प्रगति दोश्रो त्रैमासमा ९८५ प्रतिशत रहेको छ । 

कम्पनीले यो अवधिमा ६ लाख ५० हजार बराबरको दाबी भुक्तानी गरेको छ । 

पहिलो त्रैमासमा २५ लाखले ऋणात्मक रहेको जीवन बिमा कोष दोश्रो त्रैमासमा ९ करोड ७८ लाख धनात्मक भएको छ । पहिलो त्रैमाससम्म ५ करोड ५ लाख रहेको जगेडा तथा कोषमा दोश्रो त्रैमाससम्म ६ करोड १८ लाख जम्मा भएको छ ।