काठमाण्डौ । दुुई बैंकको उच्च कारोबारका कारण समग्र कारोबार रकम बढे पनि नेप्से परिसूचकमा भने सुधार हुन सकेन । लगानीकर्ताहरुमा गिरेको मनोबल र मनोवैज्ञानिक त्रास कम हुन नसक्दा र सेयर बिक्रीको चाप घट्न नसक्दा बजार यो साताको दोश्रो कारोबार दिन पनि बढ्न सकेन ।
यो साता बिमाका लगानीकर्ताका लागि दुुर्भाग्य बनिरहेको छ । आइतबार समेत सबै बिमा कम्पनीको सेयर मूल्य घटेकोमा साताको दोश्रो कारोबार दिन मंगलबार पनि त्यही नियति दोहोरियो । बिमा कम्पनीको सेयर मूल्यमा गएको पहिरोले धेरै लगानीकर्ताको ओठतालूू सुक्न थालेको छ ।
यो साता बिमाका लगानीकर्ताका लागि दुुर्भाग्य बनिरहेको छ । आइतबार समेत सबै बिमा कम्पनीको सेयर मूल्य घटेकोमा साताको दोश्रो कारोबार दिन मंगलबार पनि त्यही नियति दोहोरियो । बिमा कम्पनीको सेयर मूल्यमा गएको पहिरोले धेरै लगानीकर्ताको ओठतालूू सुक्न थालेको छ ।
अघिल्लो साता एकपटक ठूलै पहिरोको सामना गरेको बिमा समूहमा बीचको केही दिन बढोत्तरी देखिए पनि बजारले फेरि उही पुरानै कुरुप अनुहार देखाएको छ । झुक्याउँदै घट्दै र बढ्दै अगाडि बढेको बजारका कारण कतिपय लगानीकर्ता पनि रनभूल्लमा छन् । चुनावको घोषणा भइसकेको, देशका आर्थिक सूचक पनि खासै खराब नरहेको अवस्थामा बजारले यसरी रंग फेरेको देख्दा आफूलाई जान्ने बुुझ्ने ठान्ने लगानीकर्ता पनि पछिल्लो समय हैरानीमा छन् ।
नेप्से परिसूचक १३.७२ अंकले घटेर १२९९.२९ अंकमा झरेको हो । कारोबार रकम भने बढेर ५४ करोड ४५ लाखको उचाईमा पुुगेको छ । एनबी बैंकले ११ करोड ४८ लाख र महालक्ष्मी विकास बैंकले ७ करोड ९० लाख बढीको कारोबार गर्दा कुल कारोबार रकम यति धेरै माथि पुुगेको हो ।
मंगलबार जलविद्युत समूह बाहेक बाँकी सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बिमा समूहको सूचकमा गिरावट आएको छ । यो समूहको सूचक ११४.०७ अंकले घटेको हो । यस्तै, वाणिज्य बैंक समूह १३.५७, होटल समूह ५०.२५, विकास बैंक ९.८५, बित्त समूह ३.३६ र अन्य समूह ४.३३ अंकले घटेका छन् । जलविद्युत समूहमा ४.८८ अंकको बढोत्तरी देखियो ।
‘क’ वर्गका कम्पनीको कारोबारमा खासै सुधार नहुँदा सेन्सेटिभ इण्डेक्स ३.१७ अंकले घटेको छ भने समग्र कारोबार समेत खस्किएपछि फ्लोट इण्डेक्स पनि १.०६ अंकले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १३२ कम्पनीका कुल १२ लाख २९ हजार बढी सेयर ५४ करोड ४५ लाख बढीमा किनबेच भएको छ । सबैभन्दा बढी एनबी बैंकले र दोश्रोमा महालक्ष्मी विकास बैंकले कारोबार गरेका छन् । त्यसपछि कुमारी बैंकले ३ करोड २१ लाखको कारोबार गरेको छ । शिखर इन्स्योरेन्सले १ करोड ६९ करोड, नेपाल इन्भेष्मेन्ट बैंकले १ करोड ६१ लाख, सानिमा माई हाइडोपावर लिमीटेडले १ करोड ४३ लाख बढीको कारोबार गरेका छन् । मंगलबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ६ स्थानमा वाणिज्य बैंक, विकास बैंक एक स्थानमा, बिमा कम्पनी, जलविद्युत कम्पनी र अन्य समूहको १ १ स्थानमा बर्चश्व रह्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
सबैभन्दा धेरै नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यो कम्पनीको सेयर मूल्य ६.५८ प्रतिशतले वृद्धि भएको छ । यस्तै, नेशनल हाइडोपावर कम्पनीको सेयर मूल्य ४.३१ प्रतिशत र साहारा विकास बैंक लिमीटेडको सेयर मूल्य ४.०२ प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार सिन्धु विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ७.६४ प्रतिशत, सिनर्जी फाइनान्सको सेयर मूल्य ६.०६ प्रतिशतले घट्यो । यो दिन सबै बिमा कम्पनीको सेयर मूल्य घट्यो । बिमाका लगानीकर्ताहरुको ओठतालूू मंगलबार पनि सुक्यो । आइतबार समेत सबै बिमा कम्पनीको सेयरधनी ठण्डाराम बनेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago