काठमाण्डौ । देशभर शुक्रबार बिहानैदेखि आंशिक बदली रही धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ।

आज दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमानछ। 

गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। आज राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन्। 

हुस्सु र कुहिरो भिजिबिलिटी निकै कम भएपछि त्रिभुवन विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान र अवतरण हुन सकेका छैनन्। 

आज बिहानैदेखि उडान तथा अवतरण बन्द रहेको विमानस्थल कार्यालयले जनाएको छ।