काठमाण्डौ । सेयर बजार बिहीबार बन्द रहने भएको छ।
सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएकोले सेयर बजार पनि बन्द रहने भएको हो। अब भोलि बुधबार सेयर बजारको यो साताको अन्तिम कारोबार हुनेछ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आज विज्ञप्तिमा निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख छ। बकर ईदका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको हो।
यो साताको आइतबार र सोमबार सेयर बजार बढेर बन्द भएको छ। आज मंगलबार पनि सेयर बजार भारी अंकले उकालो लागिरहेको छ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४५.६८ अंकले बढेर २१७५.१० को विन्दुमा पुगेको छ। कारोबार रकम पनि पौने ३ अर्ब रुपैयाँको हाराहारीमा भइसकेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago