काठमाण्डौ । गोंगबुको नयाँ बसपार्कमा केही साताअघिदेखि संचालनमा आएको बीजी मलमा बुधबारदेखि विभिन्न छुट अफरसहितको मोवाइल एक्स्पो सुरु भएको छ । 

हरेक मोबाइलको खरिदमा हात खालि नजाने उपहार योजनाको साथमा सुरु भएको मोवाइल एक्स्पोको बुधबार एक कार्यक्रमका बीच मिस नेपाल अश्मी श्रेष्ठ, बीजी मलका अध्यक्ष बासु गिरी र मोबाइल बितरक संघका अध्यक्ष माधव रिजालले संयुक्त उद्घाटन गरे । असार ११ गतेसम्म संचालन हुने एक्स्पोको उद्घाटनकै दिन अवलोकनकर्ताको भीड लागेको छ । 

बीजी मलका अध्यक्ष गिरीले पहिलो दिन नै ५ हजारभन्दा बढी अवलोकनकर्ताको उपस्थितिले आफूलाई उत्साहित बनाएको बताए । उनकाअनुसार एसएलसी दिएर बसेका विद्यार्थीले एक्स्पोमा आकर्षक उपहार पाउने छन् ।

‘अत्यावश्यक वस्तुका रुपमा मोवाइलको प्रयोग बढ्दै गएको र युवा पुस्ताको विशेष आकर्षण रहेका कारण हामीले नेपालका अधिकांश मोबाइल बितरकसँगको सहकार्यमा एक्स्पो आयोजना गरेका हौं ।’ अध्यक्ष गिरीले भने–‘यसले हाम्रा ग्राहकलाई बीजी मलसम्म डोहोर्याउने हाम्रो अपेक्षा छ ।’

एक्स्पो अवधिमा ग्राहकले बीजी मलका सबै फेन्सी पसलबाट सामान गरी गर्दा २० प्रतिशत छुट पाउने छन् भने सो अवधिमा मलमा आउने ग्राहकमध्ये २ जनाले दैनिक लक्की ड्रमार्फत स्मार्टफोन पाउने छन् । यसैगरी, १० हजार रुपैंयाभन्दा बढीको सामान खरीद गर्ने ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहकमध्ये २ जनाले नगद फिर्ता पाउने छन् । 

सबै ब्राण्डका मोबाइल एकै छानामुनि किन्न सकिने आधिकारिक शोरुमहरु रहने एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेट उपलब्ध छन् । एक्स्पो अवधिमा मोबाइल खरीद गर्नेमध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको मज्जा लिन पाउने समेत बताइएको छ ।