काठमाण्डौ । बीमा समितिको निर्देशनपछि नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांशमा परिमार्जन गरेको छ।
कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिले आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका थिए।
प्रस्तावित लाभांश कम्पनीले स्वीकृतिका लागि बीमा समितिमा पेस गरेको थियो। बीमा समितिले आयकर सम्पत्ति खर्च व्यवस्था गर्न र सेयर प्रिमियम हिसाबबाट बोनस सेयर वितरण गर्दा कर विवरणमा आय जनाई आयकर दायित्व लेखांकन गरी परिमार्जित वित्तीय विवरण पेस गर्न निर्देशन दिएको थियो।
बीमा समितिको निर्देशनपछि हिजो भदौ २२ गते बसेको सञ्चालक समितिले परिमार्जित वित्तीय विवरणअनुसार कम्पनीमा रहेको सेयर प्रिमियमबाहेकको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको कुल १९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १६.५ प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। परिमार्जित लाभांश अर्थ मन्त्रालय र बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयन गरिने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19