काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बुक बिल्डिङ विधि पारदर्शी एवं दिगो रुपमा बजारमा ल्याउने तयारी गरिरहेको छ। 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेबोन अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङ विधि पारदर्शी एवं दिगो रुपमा बजारमा ल्याउने तयारी भइरहेको जानकारी गराएका हुन्। ‘यसका लागि हामीले बुक बिल्डिङमा अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेको ‘अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम’ ल्याउने तयारी गरिरहेका छौँ’, उनले भने। 

अध्यक्ष हमालले वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा पारदर्शी रुपले भित्र्याउन अन्तर्राष्ट्रियस्तरको प्रविधि तयार गरिरहेको पनि बताए। ‘धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा स्वच्छ र पारदर्शी प्रणाली लागू गरी ठूला र व्यावसायिक रुपमा सफल कम्पनीलाई बजारमा भित्र्याउने उद्देश्य लिएको छ’, उनले भने। 

यस्ता कम्पनीमा सर्वसाधारणको स्वामित्व बढाउने नीतिका साथ धितोपत्र बोर्ड अगाडि बढिरहेको अध्यक्ष हमालले बताए।