काठमाण्डौ । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

सभामा बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव छ । कम्पनीले सभा आगामी माघ २५ गते रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाण्डौमा बिहान ११ बजेदेखि गर्न लागेको हो ।

साथै सभाले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर (कर बाहेक) र १०० प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ  । 

यसैगरी,सभाले कम्पनीको सेयरको अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाब पनि पारित गर्नेछ ।
सभामा संस्थापक तथा सर्वसाधारणतर्फको सेयर अनुपात ८५:१५ कायम गर्ने प्रस्ताव पेश हुने छ। जसअनुसार कम्पनीले १५ प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन गर्ने छ । 

हाल कम्पनीले अर्ना, किङफिसर, शिखर लगायतबियर उत्पादन गर्दै आएको छ ।