काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७५ करोड ८ लाख नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको तुलनामा यो वर्ष नाफा १३.९० प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा ६५ करोड ९२ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीको संचालन नाफा भने घटेको छ । अघिल्लो वर्ष ७१ करोड ९६ लाख रुपैयाँ रहेकोमा घटेर यो वर्ष ७० करोड ६१ लाखमा सीमित बन्न पुगेको छ । 

यस्तै, अघिल्लो वर्षको यही अवधिमा ५२ करोड ७८ लाखमा सीमित रेभेन्यू सामान्य बढी ५२ करोड  ९७ लाख पुगेको छ । 

कम्पनीको ग्रस प्रफिट भने घटेको छ । अघिल्लो वर्षको यही अवधिमा २८ करोड रहेको यस्तो प्रफिट घटेर २५ करोड १० लाखमा सीमित भएको हो । 

बुटवल पावरको कुल इक्वीटी भने बढेको छ । अघिल्लो वर्ष ६ अर्ब ४० करोड रहेको इक्वीटी बढेर यो वर्ष ६ अर्ब ८० करोड पुगेको हो । 

अघिल्लो वर्षको तुलनामा बुटवल पावर कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३१.०७ रुपैयाँ रहेको इपीएस घटेर ३०.७७ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २७८.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.७ गुणा कायम भएको छ ।